सूचनाको अधिकार कस्तो किसिमको अधिकार हो?यस अधिकार अन्र्तगत कस्ता कार्यालयमा र कस्ता सूचनाहरु माग गर्न सकिन्छ साथै सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कस्तो कारवाही हून सक्छ ?
************************************************************************************
सूचनाको अधिकार नागरिकको मौलिक अधिकार हो,यसले नागरिकलाई सार्वजनिक निकायमा रहेका ब्यक्तिगत वा सार्वजनिक महत्वका विषयमा प्रश्न सोध्ने,सूचना माग गर्ने र प्राप्त गर्ने अधिकार प्रदान गरेको छ । नागरिकले सार्वजनिक निकाय जस्तै गाविस, जिविस, नगरपालिका,गैरसरकारी निकाय , उपभोक्ता समिति लगाएतका सार्वजनिक निकाय संग सूचना माग गर्न सकिन्छ । सूचनाको हक अन्र्तगत सार्वजनिक निकायले प्रदान गर्ने , सेवा सूविधा त्यसको बजेट , खर्च विवरण, खर्चको विल भरपाई समेतको जानकारी लिन सकिन्छ । हरेक सार्वजनिक निकाएले नागरिकले मागे बमोजिमको सूचनाहरु उपलब्ध गराउनु पर्दछ र हरेक सार्वजनिक निकायले आफ्नो कार्यालयमा भएका सार्वजनिक प्रयोजनका सूचनाहरु अद्मावधिक गरी प्रकाशन गर्नु पर्दछ त्यसका अतिरिक्त सूचनाको हकको प्रयोगले नागरिक लाई अधिकार सम्पन्न बनाउँछ भने सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउँछ, अर्को तर्फ सूचनाको हकले स्रोत लाई लक्षित वर्ग सम्म पू¥याउन सहयोग समेत गर्दछ साथै त्यसको उचित प्रयोगको लागि दबाब पनि सृजना गर्दछ । त्यस्ता सूचनाहरु उपलब्ध नगराउने सूचना अधिकारी तथा कार्यालय प्रमूखलाई कानून बमोजिम जरिवाना तथा विभागिय कारवाहि समेत हुन सक्ने कानुनी प्रावधान सूचनाको हक सम्बन्धी ऐन २०६४ मा रहेको छ ।
No comments:
Post a Comment